नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ३ अर्बको कारोबार

विभिन्न कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा कारोबार भएको छ। 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.७३ अंकले ओरालो लागेर २००४.०५मा अंकमा सीमित भएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३४ अंकले ओरालो लागेर ३५५.४२ मा झरेको छ। विभिन्न कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा कारोबार भएको छ। 

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको २३ करोड ३२ लाख ९१ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भयो। शिवम् सिमेन्ट १८ करोड ३८ लाख ६७ हजार ४००, सर्वोत्तम सिमेन्ट १८ करोड २४ लाख ७१ हजार ५५६, सूर्यज्योति लाइफ इन्स्योरन्स ६ करोड २३ लाख रुपैयाँ र सोनापुर मिनरल्स ६ करोड दुई लाख ९३ हजार ८५३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। 

नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै मनकामना स्मार्ट लघुवित्तको ९.९९, गुराँस लघुवित्तको ९.९७, तारागाउँ रिजेन्सी होटलको ९.९०, रविन नेपाल लघुवित्तको शेयर मूल्य ९.२१ प्रतिशतले बढेको छ। 

साथै पिपल्स पावरको ९.०५, सर्वोत्तम सिमेन्टको ५.८५, रिभर फल्स पावरको ४.०९, इमर्जिङ नेपालको ३.४६ र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ३.३१ प्रतिशतले घटेको छ।