शोभणशमशेर जबरालाई ललितपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको हो।
काठमाडौँ– अदालतले बैंकिङ कसुरमा पक्राउ परेका शोभणशमशेर जबरालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उनलाई ललितपुर जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश गरेको हो। उनीसँग धरौटीबापत अदालतले डेढ लाख रुपैयाँ माग गरेको छ।
केशवदेव कार्कीले १५ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै जबराविरुद्ध बैंकिङ कसुरमा जाहेरी दिएका थिए। उनको जाहेरीपछि प्रहरी वृत्त सिंहदरबारले जबरालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, ललितपुरको जिम्मा लगाएको थियो। परिसरले चार दिन हिरासतमा राखेर जबराविरुद्धको जाहेरीमा अनुसन्धान सकेर बिहीबार अदालतमा पेस गरिएको थियो।
बिहीबारको थुनछेक बहसपछि अदालतले जबरालाई साढे एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख, एसएसपी शेखर खनालले बैंकिङ कसुरमा जाहेरी परेपछि जबरालाई प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेर थप अनुसन्धानका लागि ललितपुर परिसरको जिम्मा लगाएपछि अनुसन्धान गरिएको बताए।
परिसरको मुद्दा शाखाका प्रहरी निरीक्षक नानिकाजी थापाले जबरालाई बिहीबार अदालतमा पेस गरेलगत्तै भएको थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
