आन्तरिक राजस्व कार्यालय, हेटौँडाका अनुसार नौ व्यवसायीमाथि जरिबानासहित ६ करोड २७ लाख ६८ हजार १५८ कर निर्धारण गरिएको छ।
बागमती– नक्कली तथा झूटा बिल भर्पाई पेस गरी भ्याट अर्थात् मूल्य अभिवृद्धि कर छल्ने मकवानपुरका नौ जना व्यवसायीलाई छलिएको राजस्वसहित जरिबाना गरिएको छ।
आन्तरिक राजस्व कार्यालय, हेटौँडाका अनुसार ती व्यवसायीमाथि जरिबानासहित ६ करोड २७ लाख ६८ हजार १५८ कर निर्धारण गरिएको छ।
साथै जरिबानासहित निर्धारण गरिएको रकम बुझाउनका लागि आन्तरिक राजस्व कार्यालय हेटौँडाले ताकेतासमेत गर्दै आएको जनाएको छ।
कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार नक्कली तथा झूटा बिल भर्पाई पेस गरी राजस्व छल्नेमाथि लामो समयको अनुसन्धानपश्चात् जरिबानासहित कर निर्धारण गरिएको छ।
तोकिएको राजस्व बुझाउनका लागि सम्बन्धित व्यवसायीलाई पटक–पटक पत्रसमेत दिइएको बताइएको छ।
कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्म राजस्व छल्ने काम भएको तथा त्यसबापत जरिबानासहित ६ करोड २७ लाख ६८ हजार १५८ राजस्व तोकिएको उनले बताए।
ती नौ जना व्यवसायीबाट मूल्य अभिवृद्धि करको नक्कली बिलबापत एक करोड ७५ लाख १३ हजार ७८८ रुपैयाँ तथा थप जरिबानासहित आयकर निर्धारण चार करोड ५२ लाख ५४ हजार ३७० रुपैयाँ गरी कुल ६ करोड २७ लाख ६८ हजार १५८ रुपैयाँ राजस्व बक्यौता रहेको छ।
पटक–पटक ताकेता गरेपछि एक जना व्यवसायीबाट एक लाख ३४ हजार ९३८ मूल्य अभिवृद्धि करसहित जरिबाना रकम असुल भइसकेको सो कार्यालयले जनाएको छ।
यसैबीच सो कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा चार अर्ब ६ करोड ३८ रुपैयाँ लाख राजस्व संकलन गरेको छ। प्राप्त विवरणमा सो अवधिमा आयकरतर्फ ७१ करोड ४३ रुपैयाँ लाख तथा अन्तःशुल्कबापत दुई अर्ब २४ करोड रुपैयाँ तथा मूल्य अभिवृद्धि करबापत ७१ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ। सो राजस्व लक्ष्यको ७६ प्रतिशत संकलन भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
