तेलङ्गनाको एक औषधि कम्पनीमा विस्फोट भई आगलागी हुँदा कम्पनीका सह–निर्देशकसहित पाँच कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन्।
दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ। १६ जना घाइते भएको भारतीय प्रहरी अधिकारीले जनाएका छन्।
प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ विस्फोट भएको थियो।
बुधबार साँझ चन्दापुर गाउँको औषधि कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा विस्फोट भई आगलागी हुँदा औषधि कम्पनीका सह–निर्देशकसहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन्।
घटनापछि आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रक र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल पुर्याइएको थियो।
प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर विस्फोट भई आगलागी भएको देखाएको छ।
प्रहरीका अनुसार विस्फोटको प्रभावले औद्योगिक परिसरको एउटा भवन ढलेको थियो। भारतमा औद्योगिक सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्ने क्रम बढेसँगै कारखानामा विस्फोटका घटना बढ्न थालेको पाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
