सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गका बारेमा समितिमा उठेका प्रश्नहरूको अर्थ मन्त्रालयसँग जवाफ माग्ने भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गको अहिलेसम्मको भौतिक प्रगतिका बारेमा अर्थ मन्त्रालयसँग जवाफ लिने भएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा हुलाकी राजमार्गको सम्बन्धमा छलफल भएको थियो। सो योजनाका बारेमा अर्थ समितिले उठाएका प्रश्नहरूको अर्थ मन्त्रालयसँग जवाफ माग्ने निर्णय गरिएको समिति सभापति ऋषिकेश पोखरेल बताए।
“हुलाकी राजमार्गसँग अर्थले उठाएका जति पनि प्रश्नहरू छन्, भौतिक पूर्वाधार मन्त्रालय र हुलाकीका बारेमा अर्थसँग जोडिएका जे जति प्रश्नहरू छन्, यसबीचको विवाद के हो हामी अर्थ मन्त्रालयलाई सोध्नेछौँ,” उनले भने।
सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका योजना सम्पन्न गर्ने दायित्व सरकारकै रहेको उल्लेख गर्दै उनले घोषणा गरेका योजना पूरा नगरी नयाँ योजना नथप्न सुझाव दिने पनि बताए।
सभापति पोखरेलले राष्ट्रिय गौरवका योजनाका सम्बन्धमा उजुरीको चाङ रहेको उल्लेख गरे। उनले व्यक्तिगत उजुरी संसद् सचिवालयमा पठाउने र संस्थागत उजुरीमाथि समितिको आउँदो बैठकमा छलफल गर्ने जानकारी दिए।
“यस समितिमा गौरवका योजनादेखि विभिन्न विकास निर्माणका योजनाका सम्बन्धमा उजुरीको चाङ छ। व्यक्तिगत र संस्थागत उजुरी छन्। व्यक्तिगत उजुरी सचिवालयमा पठाउँछौँ। संस्थागत उजुरीका सम्बन्धमा आउँदा बैठकमा विवरणसहित छलफल गर्छौं” उनले भने।
त्यस्तै, समितिले सुन तस्करी प्रकरण र दूरसञ्चार कम्पनी ऐनसेलको खरिदबिक्रीसम्बन्धी अनुसन्धान गर्न गठित समितिले बुझाएको प्रतिवेदनमाथि थप अध्ययन गर्ने निर्णय पनि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
