विराट गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र सांग्रिला भिड्ने

शहीद रंगशालामा बिहीबार राति सम्पन्न सेमिफाइनलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० ले पन्छाउँदै मच्छिन्द्रले घरेलु टोली सांग्रिलासँगको भेट पक्का गरेको छ।

मोरङ– मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

शहीद रंगशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० ले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो। 

मच्छिन्द्रको जितमा आयुष घलान नायक बने। प्लेयर अफ दी म्याच बनेका उनले खेलको ९४औँ मिनेटमा निर्णायक गोल गरेका थिए। घलानले ११ हजार नगद पुरस्कार प्राप्त गरे।

मच्छिन्द्रले फाइनलमा घरेलु टोली सांग्रिला मोरङसँगको भेट पक्का गरेको छ। फाइनल खेल शनिबार हुनेछ। 

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख र उपविजेताले पाँच लाख ५० हजार प्राप्त गर्नेछन्।