आयोजनाको अन्य क्षेत्रमा काम भए पनि चितवन, नवलपरासी, दाङ, बाँकेलगायत जिल्लाका वन क्षेत्रमा उत्पन्न समस्या समाधान हुन सकेको छैन।
काठमाडौँ– साधन र स्रोतको अभाव नहुने बताइए पनि तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको कामले अपेक्षित गति लिन नसकेको पाइएको छ।
निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, निर्माण सामग्रीको अभाव, स्थानीयवासीको अवरोध जस्ता कारणले आयोजनाको गति बढ्नसकेको छैन।
हुलाकी सडक आयोजनाका प्रमुख अजयकुमार मुलका अनुसार कूल भौतिक प्रगति ६५ प्रतिशत बराबर छ। २०६६/६७ मा शुरू भएको सो आयोजनाको म्याद पटक–पटक थप भएको छ।
पछिल्लो पटक थप भएको म्याद अनुसार २०८३/८४ मा मात्रै सो आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना शुरू गर्दा ६५ अर्बमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि आयोजनाको लागत र समय बढ्दै जाँदा एक खर्ब ९३ अर्ब बराबर पुगेको छ। आयोजनामा देखिएका समस्या समाधानका गरिएका पहलसमेत सार्थक बन्न सकेको छैन।
आयोजनाको अन्य क्षेत्रमा काम भए पनि चितवन, नवलपरासी, दाङ, बाँकेलगायत जिल्लाका वन क्षेत्रमा उत्पन्न समस्या समाधान हुन सकेको छैन। तराई–मधेशको समृद्धिसँग जोडिएको आयोजनामा अपेक्षित प्रगति नभएको र स्रोतको सहज उपलब्धता हुन नसकेको विषयमा आजको बैठकमा छलफल भएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। आयोजना सम्पन्न भएपछि एक हजार ८५७ किलोमिटर सडक निर्माण हुनेछ।
यस्तै, २५० पुल पनि निर्माण भएका छन्। हालसम्म झन्डै एक हजार २४३ किलोमिटर सडक कालोपत्र भएको छ। तराई–मधेशका २१ जिल्ला जोड्ने लक्ष्यका साथ शुरू भएको आयोजनालाई कार्य तालिका अनुसार अगाडि बढाउने लक्ष्य राखिएको भए पनि पूरा हुन सकेको छैन।
संसद्को सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सोही आयोजनाका बारेमा छलफल भएको थियो। समितिले आयोजनाको हालसम्मको सम्मको भौतिक प्रगति र स्रोतको विनियोजनबारे अर्थ मन्त्रालयसँग जवाफ माग्ने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
