बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

शुक्रबार बिहान बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको ट्याक्टर जयपृथ्वी राजमार्गस्थित झौलेक मोडमा दुर्घटना भएको हो।  

बैतडी– पाटन नगरपालिका–८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको ट्याक्टर जयपृथ्वी राजमार्गमा पर्ने झौलेक मोडमा दुर्घटना भएको हो।  

दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। मृत्यु हुनेमा ट्याक्टर चालक र त्यसमा सवार राजेश चौधरी छन्। 

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २०० मिटर तल खसेको छ। दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।