प्रतितोला १ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार ७०० निर्धारण भएको छ।

काठमाडौँ– स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा शुक्रबार भने गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार ७०० निर्धारण भएको छ। बिहीबार प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार ३०० रुपैयाँले नै ओरालो लागेको छ। तेजाबी सुन एक लाख ३२ हजार ५० निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ६१५ निर्धारण भएको छ। बिहीबार एक हजार ६५० मा कारोबार भएको थियो।