आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो १७५ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनायो। 

काठमाडौँ– दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई १७५ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनायो। 

उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले। उनले ५९ बलमा २ छक्का र ५ चौकाको सहयोगमा ५० रन बनाए।

कप्तान निल रकले ३८ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ४५ रन बनाए। लियाम मकार्थीले ३५ रन तथा पिटर मुरले १७ रन बनाए। 

नेपालका रिजन ढकाल र सहाब आलमले ३–३ विकेट लिए भने मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए।