आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ ११४ रनले पराजित

दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ।

काठमाडौँ– दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ।

आयरल्यान्ड उल्भ्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १६.५ ओभर खेल्दै ६० रन मात्र बनाउन सक्यो।

नेपालका लागि भीम सार्की र विनोद भण्डारी बाहेकका खेलाडीले दोहोरो रन जोड्न सकेनन्। भीमले १७ र विनोदले १६ रनले बनाए।

बलिङतर्फ आयरल्यान्ड उल्भ्सका म्याथ्यू हम्फ्रेजले ६ विकेट लिँदा फिओन ह्यान्ड र थोमस मेयसले २/२ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड उल्भ्सले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनायो। 

उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले। उनले ५९ बलमा २ छक्का र ५ चौकाको सहयोगमा ५० रन बनाए।

कप्तान निल रकले ३८ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ४५ रन बनाए। लियाम मकार्थीले ३५ रन तथा पिटर मुरले १७ रन बनाए। 

नेपालका रिजन ढकाल र सहाब आलमले ३–३ विकेट लिए भने मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए।