इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ।
अमेरिकाले गाजा युद्धलाई लिएर आफ्नो नीतिमा परिवर्तन आउन सक्ने चेतावनी दिएको केही घण्टामै इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ३० मिनेटको टेलिफोन वार्तामा इजरायलप्रतिको अमेरिकी नीति गाजामा रहेका नागरिक र सहायताकर्मीको सुरक्षामा निर्भर रहेको बताएका थिए। त्यसको केही घण्टापछि नै बिहीबार मध्यरातमा नै इजरायलले अवरुद्ध गाजामा थप सहायता मार्ग खोल्ने घोषणा गरेको छ।
नेतन्याहुको कार्यालयले भनेको छ, “इजरायलको युद्ध क्याबिनेटले अश्दोद बन्दरगाह र एरेजमार्फत सहायता वितरण गर्न अस्थायी अनुमति दिएको छ।”
ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको आग्रहमा लिइएको उक्त कदमको स्वागत गर्दै ‘अब पूर्ण र द्रुत रूपमा कार्यान्वयन गरिनुपर्छ’ भनेको छ।
इजरायलले हमासविरुद्ध ६ महिनादेखि जारी युद्धका कारण भएको क्षतिलाई लिएर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ। इजरायलको मुख्य समर्थक वासिंटनले कडा आलोचना खेप्नुपरेको छ।
हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक अभियानले कम्तीमा ३३ हजार ३७ जनाको ज्यान लिइसकेको छ।
अक्सफामका अनुसार उत्तरी गाजाका प्यालेस्टिनीले जनवरीदेखि दैनिक औसत २४५ क्यालोरीमा मात्र बाँच्नुपरेको छ।
इजरायलले पटक–पटक सहायता कटौती गरेको र सहायता समूहलाई निशाना बनाएको आरोप परोपकारी संस्थाले लगाउँदै आएका छन्। यस हप्ता इजरायलले गाजामा खाद्यान्न वितरण गरिरहेका सात जना मानवीय कार्यकर्ताको ज्यान लिने गरी गरेको आक्रमणले भोकमरी रोक्ने प्रयास र इजरायली दमनलाई उजागर गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
