कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
काठमाडौँ– सुदूरपश्चिमका प्रदेशप्रमुख नजिर मियाँले सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेशप्रमुख मियाँले शुक्रबार १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेका हुन्।
प्रदेशप्रमुख मियाँले संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई आगामी वैशाख २ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाली कांग्रेस प्रदेश संदीय दलका नेता कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त शाह सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए। उनले प्रदेशसभामा आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था भएपछि बिहीबार राजीनामा दिएका थिए।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ जना सदस्य रहेका छन्। नयाँ सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ। प्रदेशसभा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १८ सदस्य छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र एक/एक सदस्य छन्।
सुदूरपश्चिम प्रदेशसभामा एक सदस्य पद रिक्त रहेको छ। प्रदेशसभा सदस्य बझाङ १ (क)बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको असार ५ गतेमा सवारी दुर्घटनामा परी निधन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
