गण्डकी र कर्णालीका पहाडी भूभागमा वर्षाको सम्भावना

गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा तराईका विभिन्न स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। 

दिउँसो, कर्णालीसहित देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा तराईका विभिन्न स्थानमा हावाहुरीको पनि सम्भावना छ।

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी  र कर्णालीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।