राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा चेन्नाईले दिएको १६६ रनको लक्ष्य घरेलु टोली हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ– इन्डियन प्रिमिर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्स सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएको छ। जारी सिजनमा दुवै टोलीको यो दोस्रो हार हो।
शुक्रबार राति राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा चेन्नाईले दिएको १६६ रनको लक्ष्य घरेलु टोली हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
हैदराबादको जितमा ऐडन मार्क्रमले ५०, अभिषेक शर्माले ३७, ट्राभिस हेडले ३१ रनको योगदान गरे। नितिश कुमार रेड्डी १४ र हेनरिच क्लासेन १० रनमा नटआउट रहे।

चेन्नाईका मोइन अलीले २ तथा दीपक चाहर र महिश थिकशानाले १–१ विकेट लिए। यसअघि ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो।
चेन्नाईका शिवम दुवेले ४५, रवीन्द्र जडेजाले ३१, अजिंक्या रहानले ३५ रन, रुतुराज गायकवाडले २६ रनको योगदान दिए।
हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
