देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लट्ठा चुँडिएकाले आवागमन बन्द गरिएको विदुर नगरपालिकाले जनाएको छ।
त्रिशूली– नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लट्ठा चुँडिएपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ।
देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लट्ठा चुँडिएकाले आवागमन बन्द गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पुस पहिलो साता लट्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो। जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने उनले प्रतिबद्धता जनाए।
विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुंगा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको उक्त पुल बन्द भएपछि सिमचौर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ।
बट्टार बजारबाट मान्द्रेढुंगा हुँदै चैनपुर, दाङसिंह जाने उक्त मुख्य सडकखण्ड विदुर नगरपालिकाको प्रस्तावमा ‘प्रादेशिक सडक गुरुयोजना’मा समावेश गरिएको पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ। सडकलाई गुरुयोजनामा समावेश गरिएको भए पनि पुलको मर्मतसम्भार एवं पुनः निर्माणबारे निर्णय भएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
