लुम्बिनी हाफ म्याराथनको उपाधी सन्तोषी श्रेष्ठलाई

श्रेष्ठले निर्धारित २१.१ किमीको दुरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि चुमेकी हुन् । 

काठमाडौँ– लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन महिलातर्फको हाफ म्याराथन उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन्।

उनले निर्धारित २१.१ किमीको दुरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि चुमेकी हुन् । 

नेपाली सेनाकी पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घन्टा १९ मिनेट २१ सेकेन्डमा पूरा गर्दै उपविजेता बनिन्। तृतीय भएकी एपीएफकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरिन्। 

विजेता, उपविजेता र तृतीयले क्रमशः दुई लाख, एक लाख ६० हजार र एक लाख रुपैयाँ नगर पुरस्कार प्राप्त गरेको आयोजक नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए।