वोरिङको पानी पिउँदा पाकिस्तानमा ५ बालबालिकाको मृत्यु

हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको छ। 

प्रतिनिधिमूलक तस्वीर।

पाकिस्तानको सिन्ध प्रान्तस्थित संघर जिल्लामा बेरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको मृत्यु भएको छ। 

हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको पाकिस्तान टुडेले जनाएको छ। 

विषाक्त पानी सेवनपछि तुरुन्तै उनीहरूलाई अस्पताल लगिएको अधिकारीले जनाएका छन्।  उनीहरूमा ज्वरो, बान्तालगायत असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए। उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो। 

घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँ पठाइएको थियो।  जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्प बन्द गरिएको छ।