हुम्लाबाट माओवादीका कार्चेन लामा निर्वाचित

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दल रावललाई पराजित गर्दै माओवादीका कार्चेन लामा निर्वाचित भएका छन्।

हुम्ला– हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन) निर्वाचित भएका छन्।

शुक्रबार राति सार्वजनिक परिणाम अनुसार उनले १४ हजार ३७१ मत ल्याए। निकटतम प्रतिस्पर्धी एमालेका दल रावलले नाै हजार ५१६ मत पाए । राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए।