कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन्।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको बताएका हुन्। यसका लागि नेता–कार्यकर्ता कम्मर कसेर लाग्नुपर्ने उनको भनाइ थियो।
“वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रा लागि अपरिहार्य भएको छ। त्यसैले सबै पार्टीका साथीहरू एक भएर लाग्नुहोस्। आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ। त्यसकारण बहुमत ल्याउनका लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु,” उनले भने।
आपसमा घात, अन्तर्घात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको पनि उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
