आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ।
काठमाडौँ– आगामी वैशाख १५ गते हुन लागेको बझाङ १ (क)को उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएको समयभित्र १२ जनाले दर्ता प्रमाणपत्र बुझेका हुन्।
नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामबहादुर जाग्री र राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराए। त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले बझाङमा आफ्नै उम्मेदवार अघि सारेको छ। माओवादी केन्द्रका तर्फबाट जनकबहादुर बुढाले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का र नेसनल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरको उम्मेदवारी दर्ता भएको छ।
यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेका छन्।
प्रदेशसभा सदस्य बझाङ १ (क)बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ गते सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त भएको पदमा वैशाख १५ गते निर्वाचन हुन लागेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
