इजरायली सेनाले अक्टोबर ७ मा दक्षिणी इजरायली समुदायमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएका इलाद कात्जिरको शव बरामद गरेको जनाएको हो।
इजरायली सेनाले प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएकामध्ये एक जनाको शव बरामद गरेको जनाएको छ। इजरायली सेनाले शनिबार आफ्ना सैनिकले अक्टोबर ७ मा दक्षिणी इजरायली समुदायमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएका इलाद कात्जिरको शव बरामद गरेको जनाएको हो।
सेनाले उनको शव भेटिएपछि युद्धका क्रममा गाजाबाट देशमा ल्याइएका शवको संख्या १२ पुगेको छ। यद्यपि, कात्जिरको मृत्युका लागि इजरायली अधिकारीलाई दोष दिएकी उनकी बहिनीलाई कुनै सान्त्वना प्राप्त भएन।
“इस्लामिक जिहादी लडाकु संगठनद्वारा बन्दी बनाएर हत्या गरिएका अपहरित इलाद कात्जिरको शव रातारात खान युनिसबाट उद्धार गरेर र इजरायली क्षेत्रमा ल्याइएको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आक्रमणको समयमा ४७ वर्षीय कात्जिर उनकी आमा हन्नासँगै निर ओजबाट अपहरणमा परेका थिए। सेनाका अनुसार कात्जिरका बुबा अब्राहम किबुत्जमा आक्रमणका क्रममा मारिएका थिए।
उनकी बहिनी कार्मिट पाल्टी कात्जिरले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, “इलादलाई निर ओजमा उनको घरबाट अपहरण गरिएको थियो।” उनले आफ्नो दाजुको मृत्युका लागि इजरायली अधिकारीलाई दोष दिँदै नयाँ युद्धविराम सम्झौतामा सहमति भएको भए उनी जीवित फर्किने बताइन्।
“हाम्रो नेतृत्व कायर छ र राजनीतिक विचारबाट प्रेरित छ, त्यसैले अहिलेसम्म सम्झौता हुन सकेको छैन,” उनले लेखेकी छन्, “प्रधानमन्त्री, युद्ध मन्त्रिमण्डल र गठबन्धनका सदस्यः आफूलाई ऐनामा हेर्नुहोस् र भन्नुहोस् तपाईंको हातले रगत बगेको छ कि छैन।”
उनको टिप्पणीले युद्ध सञ्चालनलाई लिएर प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको गठबन्धन सरकारमाथि बढ्दो दबाबलाई दर्साएको छ। आइतबार गाजा युद्ध शुरू भएको ६ महिना पुगेकाले वार्ताकारले सप्ताहन्तमा कायरोमा युद्धविराम–बन्धक सम्झौतालाई नयाँ सिराबाट जोड दिने अपेक्षा गरिएको थियो।
नोभेम्बरमा एक साताको युद्धविरामपछि पुनः शुरू भएको वार्तामा कुनै प्रगति भएको छैन। युद्धको प्रारम्भपछि एउटा मात्र सम्झौता भएको थियो जसमा इजरायलद्वारा हिरासतमा लिइएका प्यालेस्टिनी कैदीका लागि केही बन्धकको आदानप्रदान भएको थियो।
अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा गरेको अचानकको आक्रमणपछि शुरू भएको हो। हमासको आक्रमणमा दक्षिणी इजरायलमा अधिकांश सर्वसाधारणसहित एक हजार १७० मानिसको मृत्यु भएको थियो।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार हमासलाई निमिट्यान्न पार्ने वाचा गरेको इजरायलले हवाई, स्थल र समुद्रबाट लगातार बमबारी गरेको छ। इजरायली आक्रमणमा अहिलेसम्म अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा ३३ हजार १३७ जनाको ज्यान गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
