तेह्रथुमबाट निर्वाचित सीता गुरुङ कांग्रेसमा प्रत्यक्षतर्फ चुनाव जित्ने एक्लो महिला सांसद बनेकी छन्। सीताबाहेक कांग्रेसबाट प्रत्यक्षमा टिकट पाएका सबै महिला नेता पराजित भए।
काठमाडौँ– सीता गुरुङ कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने एक्लो महिला बनेकी छन्। सीताबाहेक कांग्रेसबाट प्रत्यक्षमा टिकट पाएका महिला नेता पराजित भए।
तेह्रथुमबाट चुनाव लडेकी गुरुङ एमालेका विजय सुब्बालाई पराजित गर्दै पहिलो पटक प्रत्यक्ष निर्वाचित भएकी हुन्। शनिबार बिहान सम्पन्न मतगणनामा गुरुङले १९ हजार ७०२ मत पाइन्। निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६२३ मत पाए।
गुरुङ ०७४ को निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग पराजित भएकी थिइन्। त्यसअघि समानुपातिकबाट सांसद र भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी थिइन्। दुई पटकसम्म प्रत्यक्ष चुनाव जितेका र एक पटक समानुपातिकबाट सांसद बनेका सुब्बा तेस्रो पटक चुनाव जितेर संसद् छिर्ने प्रयासमा असफल बने।
यसपटकको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ पाँच महिलालाई टिकट दिएको थियो। त्यसमा गुरुङले मात्रै जित निकालेकी हुन्। मोरङ–२ मा टिकट पाएकी सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग पराजित भइन्। सिरहा–२ बाट चुनाव लडेकी चित्रलेखा यादव जनता समाजवादी पार्टीका राजकिशोर यादवसँग पराजित भइन्।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि प्रत्यक्षमा सफल हुन सकिनन्। उनलाई मकवानपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंहले पराजित गरे।
यसैगरी निवर्तमान उपसभामुख पुष्पा भुसालको पनि प्रत्यक्षबाट संसद् छिर्ने प्रयास सफल भएन। अर्घाखाँचीबाट चुनाव लडेकी भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
