शिखर नगरपालिका–३ सालाखर्क तुलसीगण्यानीका सकराम महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। उनले यस वर्षदेखि खेती विस्तारका साथै प्याजको बीउ पनि उत्पादन शुरू गरेका छन्।
डोटी– डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ। जिल्लाका विभिन्न स्थानका किसानले प्याजखेती गरिरहेका छन्। शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याज लगाएका छन्।
२०६१ सालयता निरन्तर कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष खेती विस्तार गरेको उनले बताए।
२० रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको महराले बताए। “बीउ फरक–फरक समयमा राखेको थिएँ, त्यसरी नै फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो। प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम लगाएको छु,” उनले भने। सिजनमा प्रतिकिलो २५ देखि ३५ रुपैयाँ र बेसिजनमा प्रतिकिलो ४५ देखि ८० रुपैयाँका दरले प्याज बिक्री हुने गरेको छ।
प्याज बिक्री गर्न समस्या हुने गरेको महरा बताउँछन्। “सिजनमा भनेको मूल्य पाइँदैन। बजार पनि छैन। बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ। प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको छ,” उनले भने।
महराले यस वर्षदेखि प्याजको बीउ पनि उत्पादन गर्न शुरू गरेका छन्। पहिलो पटक १५० गाना प्याज बीउका लागि रोपिएका छन्। महराले गरेको प्याजखेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमूना रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताए।
केन्द्रले उनलाई बीउ र ७०० मिटर ३२ एमएमको सिँचाइ पाइप सहयोग गरेको छ। यस पटक दुई क्विन्टल प्याज उत्पादन हुने उनको अनुमान छ। प्याजको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिरहेको पनि निमित्त प्रमुख अवस्थीले बताए।
यसैगरी, बोगटान फुड्सिल गाउँपालिका–१ का यम बमले १० रोपनी जमिनमा प्याजखेती गरेका छन। काटैस्थित मौडामा उषा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर खेती गरेका हुन्। थप ४० रोपनीमा प्याजखेती गर्ने सोच बनाएको उनले सुनाए।
दिपायल सिलगढी नगरपालिका–२ पन्तोलाका ध्रुव मलासीले पनि प्याजखेती गरेका छन्। उनले ६ रोपनी जमिनमा प्याज र दुई रोपनीमा लसुन लगाएको बताए। लसुन/प्याज बेचेर गर्जो टार्न सकिने भएकाले यसतर्फ आफू आकर्षित भएको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
