चालु आर्थिक वर्षको आठ महिनामा निकुञ्ज घुम्न ६१३ जना पर्यटक आएका छन्। अघिल्लो आवको आठ महिनामा १४० पर्यटक मात्र आएका थिए।
वीरगन्ज– पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको संख्या बढ्दै गएको छ। रैथाने हात्तीको प्रमुख वासस्थान रहेको निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो।
पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले २०७४ सालमा देशको १२औँ संरक्षित क्षेत्रका रूपमा निकुञ्जको घोषणा गरेको थियो। पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ।
प्राकृतिक सौन्दर्यसँगै वन्यजन्तुको जैविक विविधताले धनी निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए। “विगतभन्दा अहिले निकुञ्जमा आन्तरिक तथा भारतका पर्यटक आउने क्रम बढेको छ,” उनले भने, “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन्।”
चालु आर्थिक वर्षको आठ महिनामा ६१३ जना पर्यटक आएका छन्। निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ र गैरसार्क राष्ट्रका एकजना विदेशी पर्यटक छन्। अघिल्लो आवको आठ महिनामा १४० पर्यटकले मात्र निकुञ्जमा भ्रमण गरेका थिए। २०७९/८० मा पर्सा राष्ट्रिय निकुञ्जमा ७२ जना भारतसहित सार्क मुलुक र ३२ जना अन्य देशका पर्यटक गरी एक हजार ६५ जना पर्यटकले भ्रमण गरेका थिए।
निकुञ्जभित्र माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दह पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेका छन्। निकुञ्जभित्र पानीको सहज उपलब्धतासँगै पाटेबाघसहितका जन्तुको संख्या पनि वृद्धि भएको छ।
निकुञ्जले गरेको सन् २०२२ को बाघ गणनाअनुसार पाटेबाघको संख्या ४१ पुगेको छ। निकुञ्जले प्राकृतिक रूपमा कृत्रिम पोखरी निर्माण गरेपछि वन्यजन्तुको संख्या बढेको हो।
६२७.३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुंगी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन्।
निकुञ्जको भ्रमणमा आउने पाहुनाका स्वागतमा निकुञ्जको मध्यवर्ती क्षेत्रको ‘बफर जोन’मा सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरिएको छ।
स्थानीय संस्कृतिअनुसार होमस्टेले सुनाखरी सामुदायिक घरबासले विविध परिकार पस्केर पाहुनालाई आकर्षित गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
