गौशालामा अहिले १११ गाई छन्। धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ।
गोदावरी– धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ।
सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो। गौशालामा सात जनाले रोजगारी पनि पाएका छन्।
२०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले १११ गाई छन्। सडकमा छाडिएका गाई गौ संरक्षण सेवा समिति गठन गरेर पाल्न थालिएको गौशालाकी प्रबन्ध निर्देशक रिता अवस्थीले बताइन्। सुदूरपश्चिम सरकार, धनगढी उपमहानगर र चन्दादाताबाट रकम संकलन गरेर गौशाला स्थापना गरिएको हो।
धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ। शुरूमा चन्दाबाट चलाइएको गौशालाले अहिले दूध र गोबरबाट आम्दानी लिन थालेको अवस्थीले बताइन्।
निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक ६७ हजार ५००, गोबर बिक्रीबाट मासिक ५० हजार र गौदानबाट २५ हजार रुपैयाँ आम्दानी भइरहेको छ। सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको उनले बताइन्।
सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरुप रकम उपलब्ध गराएका थिए। चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ।
गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट ४० लाख, धनगढी उपमहानगरबाट १० लाख र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट आठ लाख बजेट उपलब्ध भएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
