यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र मनमोहन सिंह तथा कांग्रेस सांसद राहुल गान्धीसँग प्रतिस्पर्धा गरिसकेका छन्।
केही मानिसहरू कहिल्यै हार मान्दैनन् र हरेक पटक चुनौती दिन तयार हुन्छन्। यस्तै, एउटा उदाहरण भारतको तमिलनाडूका ५५ वर्षीय पदमराजन हुन्, जसले २३८ पटक चुनाव हारिसके तर पनि कहिल्यै हिम्मत हारेनन्।
यस पटक उनी २०२४ को लोकसभा चुनाव लड्दै छन्। लाखौँ रुपैयाँ, समय र शक्ति गुमाए पनि उनले चुनाव लड्ने आफ्नो यात्रा जारी राखेका छन्। स्थानीयदेखि राष्ट्रपतिको चुनावसम्म लडेका उनी यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र मनमोहन सिंह तथा कांग्रेस सांसद राहुल गान्धी र कयौँ मन्त्री मुख्यमन्त्रीविरुद्ध चुनावी मैदानमा उत्रिसकेका छन्। तर हरेक पटक उनले हारको सामना गर्नुपरेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले झन्डै साढे दुई सय चुनावका लागि उम्मेदवारी दिइसकेका छन् र सबैभन्दा असफल उम्मेदवारको रूपमा आफ्नो नाममा अनेक विश्व कीर्तिमानी दर्ता गरेका छन्। ‘लिम्का बुक अफ रेकर्ड’मा ‘भारतको सबैभन्दा असफल उम्मेदवार’को रूपमा उनको नाम रेकर्ड गरिएको छ। साथै ‘इलेक्सन किंग’का रूपमा पनि उनी चर्चित छन्।
टायर मर्मतसम्बन्धी पसल चलाउने पद्मराजनले इतिहासमा स्नातकोत्तर गरेका छन्। उनले पहिलो पटक सन् १९८६ मा मेत्तुरबाट स्वतन्त्र रूपमा चुनाव लडेका थिए। त्यसपछि उनले पाँच पटक राष्ट्रपतिको चुनाव, ५ पटक उपराष्ट्रपति, ३२ पटक लोकसभा चुनाव, ७२ पटक विधानसभा लगायत चुनाव लडिसकेका छन्।
भारतको निर्वाचन कार्यालयका अनुसार उनको सम्पत्ति जम्मा १५ लाख भारु मात्रै छ। जसमा ११ लाखको व्यापारिक घर र ३ लाखको आवासीय घर छ। साथै उनीमाथि ४८ हजार भारु ऋण छ। घरमा ५० हजार रुपैयाँ नगद र बैंकमा एक हजार रुपैयाँ मात्र जम्मा छ। अन्य कुनै सरकारी तथा निजी बिमा कम्पनी तथा वित्तीय योजनामा उनको लगानी छैन।
उनले सन् १९८७ मा पाँच हजारमा एक मोटरसाइकल किनेका थिए, अहिले पनि उनी त्यही चलाउँछन्। चुनाव लड्दालड्दै आफूले धेरै सम्पत्ति आर्जन गर्न नसकेको उनको भनाइ छ।
चुनाव लड्न आनन्द मान्ने र हार्दा दुःख नलाग्ने उनको स्वभावले अझै कति चुनाव लडाउने हो, त्यो थाहा छैन। चुनाव लड्नुको कारण बताउँदै पद्माराजनले भने, "अहिलेसम्म २३९ उम्मेदवारी दिएको छु। अहिलेसम्म चुनावमा मैले सबैभन्दा बढी ६ हजार मत पाएँ। मलाई हार मन पर्न थालेको छ।" उनले अहिलेसम्म चुनाव लड्नका लागि एक करोड रुपैयाँ जम्मा गरिसकेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
