नेप्से परिसूचक २२.७५ अंकले बढ्यो, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

आइतबार नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र गुँरास लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार हरियाली देखिएको छ। परिसूचक २२.७५ अंक अर्थात् १.१३ प्रतिशतले बढेर २०२६.८१ को विन्दुमा पुगेको छ।

विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार १०२ कित्ता शेयर ६४ हजार २२१ पटक खरिदबिक्री भयो। जसबाट हुँदा चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँ बराबरको कारोबार भयो। आइतबारको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार ४१७ रुपैयाँ पुगेको छ।

होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ। आइतबार वित्त समूह ५.९५ प्रतिशत, विकास बैंकको सूचक ३.१६ प्रतिशतले उकालो लागेको छ।

यस दिनको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन्। मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

त्यसैगरी, तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कालिका लघुवित्त वित्तीय संस्थाको ४.३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड-१ को ३.१० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २.७६ प्रतिशतले घटेको छ।