गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङले शपथ लिएका छन्।
काठमाडौँ– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा मुख्यमन्त्री र मन्त्रीलाई शपथ गराएका हुन्।
विनाविभागीय मन्त्रीका रूपमा नियुक्त चुमान नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन्। गुरुङ स्वतन्त्र रूपमा निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन।
प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
