शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा १० जना बांग्लादेशी नागरिकलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
काठमाडौँ– प्रहरीले भिसा गैरकानूनीमा काठमाडौँमा बसिरहेका १० बांग्लादेशी नागरिक पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले शुक्रबार काठमाडौँको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा एमडी अनिसुर रहमान, एमडी अबदुल्ला, एमडी इमामुल होस्सेन, एमडी हाफिजर रहमान, एमडी सोजिब होस्सेन रहेका छन्। त्यस्तै, एमडी साइफुल इस्लाम, एमडी बिल्लाल होस्सेन, एमडी सलिम, एमडी नासिर उड्डिन, एमडी एसिन खान रहेका छन्।
विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानूनी रूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
“भिषा अवधी समाप्तीपश्चात् गैरकानूनी तवरले बसिरहेका बांग्लादेशी नागरिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाएका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
