माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
काठमाडाैँ– हाल देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
सोमबार दिनभर कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ। यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
