सिरहा–२ बाट जसपाका राजकिशोर यादव विजयी

सिरहा क्षेत्र नम्बर २ बाट कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै जनता समाजवादी पार्टीका राजकिशोर यादव निर्वाचित भएका छन्।

काठमाडौँ– सिरहा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका राजकिशोर यादव निर्वाचित भएका छन्।

राजकिशाेरले कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गरे। राजकिशोर २४ हजार १७८ मत ल्याएर विजयी भए। चित्रलेखाले २३ हजार २८ मत पाइन्।

जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२, राप्रपाका मुरली मिझारले ८७२, हाम्रो नेपाली पार्टीका शिवशंकर यादवले ६९९ मत पाएका छन्।