नदीमा जलविद्युत् बाँध निर्माण र अतिक्रमणले साहसिक जलयात्रा पर्यटन पूर्णरूपमा विस्थापित हुने व्यवसायीहरूको भनाइ छ।
काठमाडौँ– पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन्।
त्रिशूली नदीमा ड्याम बनाएर १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् परियोजना सञ्चालन गर्न प्रयास भइरहेको प्रति ध्यानाकर्षण भएको भन्दै नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजले यस्तो माग गरेका हुन्। उनीहरूले यसबारे सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्।
नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले त्रिशूली नदी धार्मिक र सांस्कृतिक हिसाबले समेत महत्त्वपूर्ण रहेको भन्दै यसलाई संरक्षण गरेर राख्नुपर्ने बताए।
"नेपालमा हजारौँ नदीनालाहरू छन्। त्यहाँ सयौँ जलविद्युत् आयोजनाहरू निर्माण र सञ्चालन गर्न सकिन्छ, तर त्रिशूली नेपालको यस्तो नदी हो, जहाँ सबैभन्दा पहिले सन् १९६० मा जल पर्यटनको शुरूआत गरियो, र अहिले पनि सबैभन्दा धेरै पर्यटक पुग्ने नदी हो," संस्थाका अध्यक्ष आलेले भने, "अस्ति भर्खरै मात्रै हामीले र्याफ्टिङमा नेपालले गोल्ड मेडल जित्यो, यो त्यही त्रिशूलीमा अभ्यास गरेर प्राप्त गरेको मेडल हो। विश्वका खेलाडीहरू, पर्यटकहरू त्रिशूलीमा र्याफ्टिङ गर्न आकर्षित छन्, र्याफ्टिङको यो रुटबारे विश्वलाई थाहा छ, यस्तो नदीलाई हामी किन बिगार्ने?"
नदीमा जलविद्युत् बाँध निर्माण र अतिक्रमणले साहसिक जलयात्रा पर्यटन पूर्णरूपमा विस्थापित हुने उनीहरूको भनाइ छ। त्यसबारे सर्वोच्च अदालतमा परेको रिटमा मंगलबारका लागि पेशी तोकिएको र सम्बन्धित सबैलाई छलफलका लागि बोलाइएको अध्यक्ष आलेले जानकारी दिए।
त्रिशूलीमा नुवाकोटको देवीघाटदेखि चितवनको देवघाटसम्मको नदी खण्डमा साहसिक जलयात्रा हुने गरेको छ भने त्यस क्षेत्रमा विभिन्न पर्यटकीय गतिविधिहरू हुने गरेका छन्।
त्यहाँ सयौँको संख्यामा रिसोर्ट, होटेल, रेस्टुरेन्टहरू खुलेका छन्। सो क्षेत्रमा जलविद्युत् आयोजना बन्यो र जल पर्यटन नासियो भने त्यहाँ स्थापित ६२ र्याफ्टिङ कम्पनी, तीन हजारभन्दा धेरै रिभर गाइड र उनीहरूसँग आश्रित १५ हजारभन्दा धेरै मानिसहरूको रोजीरोटी गुम्ने सो संस्थाका अध्यक्ष आलेले बताए। उनका अनुसार पर्यटन व्यवसायमा यहाँका व्यवसायीले ३० अर्बभन्दा धेरै लगानी गरेका छन्।
उनले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा आफूहरूलाई थाहै नदिई सार्वजनिक सुनुवाइ गरेको भनेर उल्लेख गरेकोप्रति पनि आपत्ति जनाए। साथै उनले त्रिशूलीमा ड्याम बनाउँदा देवघाट क्षेत्रको धार्मिक पर्यटनसमेत प्रभावित हुने बताए।
त्रिशूली नदीमा यसअघि नै नौ वटा परियोजना निर्माणाधीन तथा सञ्चालनमा रहेका छन्। ती आयोजनाहरू भने देवीघाटभन्दा माथिल्लो क्षेत्रमा रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
