अर्जुननरसिंह केसी नुवाकोट–२ बाट निर्वाचित

एमालेका नारायणप्रसाद खतिवडालाई पराजित गर्दै नुवाकोट–२ बाट कांग्रेसका अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्।

काठमाडाैँ– नुवाकोट क्षेत्र नम्बर २ बाट कांग्रेसका अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्।

सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहेका केसीले २८ हजार १०७ मत प्राप्त गरे। मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत ल्याए।

एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मत पाएर तेस्राे भएका छन्। केसी २०७४ सालको निर्वाचनमा खतिवडासँग १० हजार मतान्तरले पराजित भएका थिए।