कांग्रेसका केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।
काठमाडौँ– नेकपा माओवादी केन्द्र नेपाली कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सोमबार बसेको माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले कोशी सरकारमा सामेल मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जा मन्त्री छन्। उनीहरूलाई फिर्ता बोलाउने बैठकले निर्णय गरेको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए।
उनले नेकपा एमालेले दिएको समर्थनमा अहिलेको सरकार बनेकाले एमालेले पनि मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने बताए। मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको बारेमा सोमबार नै प्रदेश प्रमुखसमक्ष जानकारी गराइने पनि उनले बताए।
“माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीज्यूहरूले आजै राजीनामा बुझाएर सरकारबाट फिर्ता हुने। त्यसपछि नेकपा एमालेले दिएको समर्थनमा अहिलेको सरकार बनेकाले एमालेले आफ्नो समर्थन फिर्ता लिने र माओवादी पार्टीले पनि आफूले दिएको विश्वासको मत र समर्थन फिर्ता लिने,” उनले भने “आजै हामीले संसद्को बहुमत सदस्यले वैकल्पिक सरकार बनाउन प्रदेश प्रमुखसमक्ष जानकारी दिने छौँ।”
कोशीमा कांग्रेसका कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई पछि माओवादी केन्द्रले पनि विश्वासको मत दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
