बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी

बलम्बुस्थित सशस्त्र प्रहरीको गोदामघरमा आगलागी भएको छ।

काठमाडौँ– बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको गोदामघरमा आगलागी भएको छ। सोमबार दिउँसो बन्दोबस्तीलगायतका सामान राखिएको गोदामघरमा आगलागी भएको हो।

अहिले आगो निभाउने प्रयास भइरहेको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता,सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रण लिनका लागि चार वटा दमकल प्रयोग गरिएको छ। सशस्त्र प्रहरी बलको जनशक्ति पनि परिचालन गरिएको छ। 

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा सशस्त्र प्रहरीको गोदामघरबाट धुवाको मुस्लो निस्किएको देखिन्छ। आगो लाग्नुको कारण खुलिनसकको प्रवक्ता खड्काको भनाइ छ। उनले आगो नियन्त्रणमा लिएपछि घटनाका विषयमा आवश्यक जाँचबुझ गरिने बताए।