अनुगमन समितिका सदस्य सचिव विपिनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिए।
पर्सा– वीरगन्ज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेसनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ।
संयुक्त अनुगमन टोलीले सोमबार वीरगन्जमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरीका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले मेडिकल कलेजको ल्याबमा छापा मारेर मेडिकल कलेजसँग सम्बन्धित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए।
पर्सा प्रहरीका अनुसार मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाहलाई नियन्त्रणमा लिएको हो। संयुक्त अनुगमनमा वीरगन्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगन्ज, वाणिज्य कार्यालय लगायतका प्रतिनिधिले संयुक्त रूपमा अनुगमन गरेको थियो।
वीरगन्ज महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य सचिव विपिनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिए।
“संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका केमिकल तथा रिएजेन्टलाई जफत गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ”, उनले भने, “केमिकल तथा रिएजेन्ट गरेर करिब ३३ प्रकृतिका भेटिएका छन्।’’
सदस्य सचिव लालदासले प्रयोगशालामा प्रयोग हुने केमिकल नै म्याद गुज्रेको प्रयोग गरेपछि आउने रिपोर्टको विश्वसनीयतामाथि नै प्रश्न चिह्न उब्जिएको बताए।
“केमिकल तथा रिएजेन्टको पोटेन्सियल नै कमजोर भएपछि रिपोर्टको नतिजामा प्रत्यक्ष असर पार्ने देखिन्छ,” उनले भने, “कोही मधुमेहको परीक्षण गर्न जानुभयो, तर म्याद गुज्रिएको रिएजेन्ट प्रयोग गरेपछि कस्तो नतिजा आउँला?, मानिसको जनस्वास्थ्यको सवालमा यस्तो खालको हेलचेक्र्याइँ गर्नुहुँदैन।”
सदस्य सचिव लालदासले प्रयोगशालामा भेटिएको केमिकल तथा रिएजेन्ट कुनै दुई वर्षदेखि म्याद गुज्रिएको भेटिएको जानकारी दिए।
“पक्राउ परेका दुई जनालाई पर्सा प्रहरी कार्यालयमा बयान लिने काम भइरहेको छ,” उनले भने, “बयानपछि आवश्यक कानूनी प्रक्रिया अघि बढ्ने छ।” संयुक्त अनुगमन टोलीले जफत गरिएका म्याद गुज्रिएका केमिकल र रिएजेन्टलाई कानूनी प्रक्रिया पूरा गरेर नष्ट गर्ने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
