मंगलबारदेखि शुरू हुने दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोली सहभागी हुने भएका छन्।
काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरमा आयोजना हुन लागेको दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्। नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा मंगलबार र बुधबार प्रतियोगिता हुँदै छ।
संघका अध्यक्ष देवी आचार्यका अनुसार प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफसहित जावलाखेल ह्विलचियर स्पोट्स क्लब, विइन, ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए), इस्पाइनल कट इन्ज्युरी नेट्वर्क नेपाल, बीआईए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीले सहभागिता जनाउने छन्। यी ८ क्लबका ६ महिला र ८ पुरुष गरी १३ वटा टोली बनाएको आचार्यले जानकारी दिइन्।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाइ स्कोरले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, मोस्ट भ्यालुयबल प्लेअरलाई २५ हजार रुपैयाँ दिने उनले बताइन्। प्रतियोगितामा सम्पन्न गर्न १९ लाख १२ हजार ५०० रुपैयाँ लाग्ने संघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
