नेपालले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ टिमसँग पाँच खेलको टी२० शृंखला खेल्ने भएको छ।
काठमाडौँ– नेपालले वेस्टइन्डिज ‘ए’ टिमसँग टी२० शृंखला खेल्ने भएको छ। आईसीसी टी२० विश्वकपअघि नेपालले घरेलु मैदानमा पाँच खेलको टी२० शृंखला खेल्ने भएको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार साँझ वेस्टइन्डिज ‘ए’ले २५ अप्रिलदेखि ५ मेसम्म नेपालको भ्रमण गर्ने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत वेस्टइन्डिजको टोलीलाई नेपालमा न्यानो स्वागत गर्न तयार रहेको बताएका छन्।
वेस्टइन्डिज ‘ए’सँगको शृंखला खेल्नुअघि नेपाली टोलीले प्रिमियर कप खेल्ने छ। प्रिमियर कप आगामी अप्रिल १२ देखि २१ सम्म ओमानमा हुँदै छ।
सोमबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ। नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलो रङको मिश्रणसहित दुवै काँधमा नेपालको झन्डा अंकित रहेको छ। तल्लो भागमा सगरमाथा अंकित छ भने छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ।
नेपाली टोलीले यो जर्सी आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने क्रममा प्रयोग गर्ने छ। टि२० विश्वकपमा विभिन्न २० टोलीको सहभागिता रहेको छ। समूह ‘डी’ परेको नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बांग्लादेश र नेदरल्यान्डस् छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
