बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदामघरमा भएको आगलागीबारे छानबिन गर्न एआईजी वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन भएको छ।
काठमाडौँ– सशस्त्र प्रहरी बल, नेपालको बलम्बुस्थित केन्द्रीय गोदामघरमा भएको आगलागी नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरी प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले गोदामघरमा आगलागी नियन्त्रणमा आएको जानकारी दिए।
उनका अनुसार गोदामघरमा भएको आगलागीबारे छानबिन गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को नेतृत्वमा नौ सदस्यीय समिति गठन भएको छ। एआईजी वंशीराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरूसमेत सम्मिलित समिति गठन गरेका हुन्। प्रवक्ता खड्काले छानबिन समितिलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनिएको जानकारी दिए।
सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्र प्रहरीका कर्मचारीको बन्दोबस्ती, संगठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदामघरमा आगलागी भएको थियो। आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो।
गोदामघर बस्तीबीचमा रहे तापनि आसपासमा घर सुरक्षित रहेको उनले जानकारी दिए। विद्युत् चुहावटबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएको सशस्त्र प्रहरीको भनाइ छ। गोदामघरमा राखिएका लत्ताकपडा, बुटलगातका सामग्रीमा क्षति पुगेको र यसको एक विवरण तयार पर्ने प्रयास भइरहेको उनले बताए।
यसैबीच गृहमन्त्री रवि लामिछानेले सोमबार साँझ आगलागी भएको स्थलको अवलोकन गरेका थिए। उनले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न सुझाव दिएको उनको सचिवालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
