कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी  र कर्णालीमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। 

कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।