रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने कुनै योजना नभएको बताएपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आर्थिक सहयोगको माग गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने कुनै योजना नभएको बताएपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए।
रुसले सोमबार आगामी ४८ घण्टामा दशककै ठूलो बाढीको चेतावनी दिएको छ। बढ्दो पानीले आंशिक रूपमा डुबेको शहरमा स्थानीय बासिन्दा संकटको सामना गर्ने अधिकारीको विरोधमा सडकमा उत्रिएका छन्।
तीव्र रूपमा पग्लिँदै गरेको बरफ र मुसलधारे वर्षाका कारण कजिकिस्तानसँग जोडिएको रुसी सीमा नजिकै मुख्य नदी युराल र टोबोलमा पानीको सतह बढेको छ। अधिकारीहरूले बाढीको पानी आगामी ४८ घण्टामा खतरनाक रूपमा बढ्ने चेतावनी दिएका छन्।
ओर्स्क शहरमा दर्जनौँ प्रदर्शनकारीले रुसी सरकारको कमजोर प्रतिक्रियाविरुद्ध असन्तुष्टिको दुर्लभ विरोध प्रदर्शन गरेका छन्। एउटा बाँध फुटेपछि बाढीको पानीले उक्त शहर डुबेको थियो।
एएफपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने कुनै योजना नभएको बताएपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारीले आर्थिक सहयोगको माग गरेका छन्। शहरको सुरक्षाका लागि निर्माण गरिएको बाँध भत्किएकामा आक्रोशित थिए।
समा कडा विरोधी कानूनअन्तर्गत सरकारविरुद्ध सार्वजनिक प्रदर्शन अवैध छ। क्षेत्रीय सरकारले बाढीले पूर्ण रूपमा क्षति भएका पीडितलाई प्रतिव्यक्ति एक लाख रुबल (एक हजार १०० अमेरिकी डलर) प्रदान गर्ने बताएको छ ।
सबैभन्दा धेरै प्रभावित शहर ओर्स्कमा ९९ जनाको उपचार गरिएको छ। नौ जनालाई भने अस्पताल भर्ना गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
