महोत्तरीको मटिहानीस्थित फर्निचर उद्योगमा आगलागी, ३५ लाखको क्षति

मटिहानी बजारमा सञ्चालित भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको हो। 

महोत्तरी– जिल्लाको मटिहानी–८ स्थित एक उद्योगमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ। 

मटिहानी बजारमा सञ्चालित भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको हो। 

सोमबार राति भएको आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगो मटिहानी नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा निभाइएको थियो।