विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका करिब ८०० घर विद्युत् सेवाबाट वञ्चित भएका छन्। गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको छ।
जुम्ला– डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो ।
२५ मिटर नहर पहिरोले भत्काएको छ। “गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यति बेलादेखि नै नहर मर्मतको पहल भएको हो,” विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने, “समयमै मर्मत नभएपछि यहीँ २४ चैतदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको छ।”
भत्किएको नहर मर्मत गर्न ६ लाख रुपैयाँ बजेट आवश्यक पर्ने प्राविधिकले बताएको अध्यक्ष बुढाले जानकारी दिए। विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका करिब ८०० घर विद्युत् सेवाबाट वञ्चित भएका छन्। गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ।
डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको पालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
