सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा चैत १ गतेदेखि सीएससहितको बर्थिङ सुविधा शुरू भएको हो। हालसम्म १२ जनाले यो सेवा लिएका छन्।
बरहथवा– नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सीएस)सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको संख्या बढ्दै गएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा चैत १ गतेदेखि सीएससहितको बर्थिङ सुविधा शुरू भएको हो। निजी अस्पतालमा महँगो पर्ने सीएस सेवा नगर अस्पतालमा नै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीको आकर्षण बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामविश्वास रायले जानकारी दिए।
असुरक्षित रूपमा सुत्केरी गराउने संख्या घटेको नगर स्वास्थ्य शाखाले जनाएको छ। अस्पतालमा एकैदिन तीन जनासम्मको ‘सीएस’ विधिबाट सुत्केरी गराइएको डा. रायले बताए। नगर अस्पतालमा हालसम्म १२ जनाले सीएस सेवा लिएका छन्। भने चालु आर्थिक वर्षको नौ महिनामा २८२ जनाले प्रसूति सेवा लिएका छन्।
शल्यक्रियासहितको सुविधा पाउँदा खुशी लागेको ईश्वरपुर नगरपालिका–९ की अन्जुकुमारी चौधरीले जानकारी दिइन्। “बुहारीलाई सुत्केरी गराउन निजी अस्पताल लैजाँदा ६० हजार तिर्नुपरेको थियो,” उनले भनिन्, “यहाँ पैसा तिर्नुपरेको छैन। सबैले अस्पतालमै सुरक्षित रूपमा सुत्केरी गराउनुपर्छ।” निकै सुविधा भएको भन्दै अन्जुकी आमा बिना चौधरीले खुशी व्यक्त गरिन्।
नागरिकको सुविधालाई ध्यान दिँदै प्राथमिक स्वास्थ्य संस्थाबाट विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गरिएको वडाध्यक्ष मीनप्रसाद ढुंगेलले बताए। शुरूमा नर्मल डेलिभरी सेवा मात्र रहेको स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नतिपछि सेवा विस्तार गरिएको उनले बताए। “अहिले शल्यक्रियाबाट सुत्केरी गराउनु परे पनि बाहिर जानु पर्दैन,” उनले भने, “हामीसँग डाक्टरदेखि चाहिने सबै उपकरण उपलब्ध छन्।”
पहिला यति सेवा लिन महँगो खर्चमा टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। यहाँ जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा छ। उच्च रक्तचाप, मधुमेह, क्षयरोगलगायतका परीक्षण निकै सुलभ मूल्यमा हुने गरेको ल्याब टेक्निसियन प्रकाश यादवले जानकारी दिए। ल्याव सेवा लिन आउनेको संख्या बढ्दो क्रममा रहेको उनको दाबी छ। जिल्लाका सम्पूर्ण पालिकालाई प्रदेश सरकारबाट जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गर्न सहयोग गरिएको थियो।
उपचारका लागि अन्यत्र जानुपर्ने बिरामले ल्याब परीक्षण गराएर जाने गरेको टेक्निसियन यादवको भनाइ छ। ल्याबबाट प्रदान भएको सेवामा सेवाग्राहीको विश्वास बढेको छ। अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको औषधि र उपचार सेवा उपलब्ध रहेकाले बिरामीको चाप रहेको अस्पताल स्रोतले जनाएको हो।
सदरमुकाम मलंगवास्थित प्रदेश अस्पताल र लालबन्दी नगर अस्पतालमा मात्र शल्यक्रियासहितको सुत्केरी सेवा सञ्चालनमा छ। यसअघि सीएस सेवा लिन धेरै रकम खर्च गरेर वीरगन्ज, जनकपुर, भरतपुर, काठमाडौँलगायत ठूला शहर धाउनुपर्ने बाध्यता थियो। नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ४० स्वास्थ्यकर्मीले सेवा दिइरहेको नगर स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडाले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
