कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। 

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रियसभा सदस्य निर्वाचित भएकी हुन्।

उता, सत्ता गठबन्धनले यसअघि नै नेकपा एमालेकी विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

राष्ट्रियसभा उपाध्यक्षका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ।