प्रतितोला १ लाख ३६ हजार ३०० पुग्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ३०० रुपैयाँ पुगेको छ। 

काठमाडौँ– स्थानीय बजारमा मंगलबार पहेँलो धातुको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ। 

सोमबार प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ३०० रुपैयाँ पुगेको छ। 

त्यस्तै, अघिल्लो दिन प्रतितोला एक लाख ३५ हजार ५५० मा कारोबार भएको तेजाबी सुन एक लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। महासंघले मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँ निर्धारण भएको जनाएको छ।