कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
मंगलबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि १५ मिनेटका लागि भएको थियो।
त्यसपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए। उक्त छलफलमा सहमति नजुटेपछि सूचना टाँसेर बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।
मंगलबारको बैठकको शुरूमा नै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आसनबाट उभिएपछि सभामुख घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए।
सचतेक थिङले सूर्यदर्शनलगायत ६ वटा सहकारीबाट एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानूनी रूपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भनी सरकारसँग प्रश्न गरिन्।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए। उनले बोल्ने क्रममा कांग्रेस सांसदहरू आसनबाट उभिइरहेपछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए।
त्यसपछि सत्ता पक्षका सांसद पनि आसनबाट उभिएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए।
कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
