पकवादी कृषि सहकारी संस्थाको भवन निर्माण गर्न दिएको अनुदान दुरुपयोग गरेको आरोपमा अख्तियारले कृषि विकास निर्देशनालय, गण्डकीका तत्कालीन निमित्त प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
काठमाडौँ– कृषि विकास निर्देशनालय, गण्डकीका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेलसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा पोखरेलसहित आठ जनाउपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो।
पोखरेलबाहेक निर्देशनालयका कृषि इन्जिनियर विश्वनाथ पौडेल, निर्देशनालयका तत्कालीन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थित पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ, गल्याङ नगरपालिका–३ का महेन्द्र कुमार भन्ने श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि आयोगले आरोप–पत्र दायर गरेको हो।
पकवादी कृषि सहकारी संस्थाको भवन निर्माण गर्न निर्देशनालयबाट अनुदान प्राप्त गरी भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाण पुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको भनी परेको उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा उक्त जग्गा सडक विभागको क्षेत्राधिकार भित्र पर्ने देखिएको आयोगले जनाएको छ। उक्त जग्गामा बनेको संरचनाका लागि अनुदानबापत २८ लाख ३७ हजार २१७ रुपैयाँ भुक्तानी दिइसकिएको आयोगले जनाएको छ। उक्त संरचना संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन पोखराबाट अविलम्ब हटाउन जानकारी भइसकेको पनि आरोप–पत्रमा उल्लेख छ।
उक्त संरचना भविष्यमा अस्तित्वमा नरहने हुँदा निर्माणमा भएको खर्च खेर गई सरकारी सम्पत्ति हानि नोक्सानी भएको देखिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिबाना मागदाबी लिई आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
