कावासोतीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

मंगलबार दिउँसो गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी महतोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। 

कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीया जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

उनलाई कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा मंगलबार दिउँसो १ बजेतिर गैँडाले आक्रमण गरेको थियो। गम्भीर घाइते भएकी महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।